फागुन – २४ -मध्यपुर थिमि ८बोडे निवासी ख्यातिप्राप्त बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले मिनी कोशी टप्पुको नामले परिचित मध्यपुर थिमि नगरपालिका वडा न ८ स्थित मनोहरा किनारमा काठमान्डौ उपत्यकामा पहिलो पटक पाईड ह्वीटर चरा अभिलेखिकरण गर्न सफल हुनु भएको छ । थ्याम श्वेत भुई रबिन नामले परीचित तथा नेपालमा रैथाने नमानिने यस चरा पहिलो पटक संजयले आफ्नो क्यामरामा काठमान्डौ उपत्यकामा नै पहिलोपटक कैद गर्न सफल भएको हो । ६ सय भन्दा बढी रैथाने तथा आकान्तुक चराहरुलाई अहिलेसम्म आफ्नो क्यामेरामा कैद गर्न सफल संजयका लागि पाईड ह्वीटर चराले उन्को करियरमा नै अर्को उपलब्धि दिलाउन सफल भएको हो । चराप्रेमीहरू कुर्वान मनसुरी र आयुशा पौडेल सहितको टोलिले फागुन २४ गते उक्त दुर्लभ चरा भेटाउन सफल भएको हो ।
यो चरा पहिलो पटक सन १९८५ जनवरी ११ मा टिम एन्ड्रयु द्वारा उपल्लो काली गण्डगी उपत्यकामा पहिलो पटक भेटाएका थिए । त्यस पश्चात सन १९९३ मा नाइजेल रेडमेनले लाङटाङ नेशनल पार्कमा दोस्रो पटक भेटाएका थिए भने सन २०१८ मा उदयपुरको कटारीमा अनिश तिम्सीनाले भेराएको रेकर्ड छ । यो चरा अजरबैजान, चीन, चाड, इजिप्त, इथियोपिया, भारत लगाएतका दर्जनौ देशहरूमा पनि पाइने गर्दछ ।
मध्यपुर थिमि ८ स्थित मनोहरा तट पछिल्लो समय चरा अनुसन्धान कर्ता तथा वर्ड फोटोग्राफरहरूका लागि बिशेष आकर्षणका रूपमा रहंदै आएको छ । संजय नेतृत्वको टोलिले यस अघि पनि यस क्षेत्रमा थुप्रै लोपोन्मुख रैथाने तथा आगन्तुक हिउँदे चराहरूको अभिलेखिकरण गरीसकेको छ ।

बढ्दो शहरीकरण र प्रदुषणले पछिल्लो समय यस क्षेत्रमा बिगतमा पाईने गरीएका चराहरू देखिन छाडेको उनी बताउँछन । उनी नेतृत्वको टोलिले गत पुसमा सांखु देखि मध्यपुर क्षेत्रसम्म गरीएको चराहरूको अभिलेखिकरणमा जम्मा ८० प्रजातिका चराहरू भेटाउन सकेका थिए । जबकी यस अगाडी धेरै संख्यामा चराहरू देखिने गरीएका थिए । बढ्दो मानबीय गतिबिधि, अब्यबस्थित शहरीकरण, बालुवा चोरी तस्करी, प्रदुषण र यस्को परिणाम स्वरूप उत्पन्न भएको खानेकुरा तथा कीरा आहारामा आएको कमी र प्रजनन स्थानको अभाब र स्थानीय सरकारको पंक्षी र मनोहरा संरक्षण प्रति उदासिनता नै चराहरूको संख्यामा आएको कमीका रूपमा रहेको संजयको निष्कर्ष छ ।


