श्रावण -४ मध्यपुर थिमि नगरपालिका भित्रका टाेल, लाछि, चोक, गल्ली, चौबाटो ,दोबाटो आदिको पछिल्लो समय आफु खुशी नामांकरण गर्ने प्रचलन बढ्दो क्रममा रहेको र यस्ले गर्दा प्राचिन समय देखि रहंदै आएको स्थानीय मौलिक नाम लोप हुने अवस्थामा पुगेको प्रति ध्यानाकर्षण भएको जनाउँदै मध्यपुर थिमि नगरपालिकाको प्रमुख सुरेन्द्र श्रेष्ठ तथा उपप्रमुख बिजय कृष्ण श्रेष्ठको पहलमा नगरपालिका सभाहलमा आज सामाजसेवी , बुद्धिजीबी लेखक तथा पत्रकारहरू सहितको उपस्थितिमा पहिलो चरणको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कला र संस्कृतिको केन्द्र बिन्दुका रूपमा रहेको मध्यपुर थिमिमा आप्रबासीको संख्या बढेसंगै र नंया बस्ती बिकासको क्रममा आफुखुसी बिना स्वीकृति आफ्नो जात, थर , नाम आदी झल्किने गरी अनियन्त्रित रूपमा नामांकरण गर्ने परिपाटी मौलाय संगै नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको पहलमा उक्त पहिलो चरणको बृहत छलफल अगाडी बढाईएको बताईएको छ।

यो समस्या तत्काल समाधान गर्ने पहल गदै आज बसेको बैठकले सर्वसाधारणमा समेत आ -आफ्नाे वडा नम्बर समेत उल्लेख गरि ठाउँकाे नाउँ पाेस्ट गर्न अनुरोध गर्ने निर्णय गरेको बताईएको छ । याे अभियानले स्थानीय ठाउँकाे माैलिक नाउँ अपभ्रंस हुनबाट जाेगाउने अपेक्षा गरीएको र छिटै नै नगरपालिकाले GPS Tracking हुने गरेर घरहरु समेत अंकित गरीने बताईएको छ।


