चैत्र – २६ -छैठौं संस्करणको ओस्ला नेपाल द्वारा आयोजित उपत्यका ब्यापी धिमे बाजा प्रतियोगिता यो बर्ष मध्यपुर थिमि वडा न ४ स्थित श्री श्री श्री बिष्णुबीर धिमे बाजा खलः को हातमा परेको छ। मध्यपुर थिमिको बालकुमारी प्राङगणमा आयोजित उक्त कार्यक्रममा कुल ३१ वटा टोलिहरूले उपत्यकाका बिभिन्न स्थानहरूबाट सहभागिता जनाइएको थियो ।

बिजयी बिष्णुबीरले नगद पुरस्कार सहित ट्रोफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उक्त प्रतियोगितामा द्वितीय स्थान दत्तात्रय धिमेखल भक्तपुर , तेस्रो श्री समाज कल्याण युवा धिमे खल, सुर्यबिनायक नपा , चौथौं शिवा सायमी खल : मध्यपुर थिमि, पाँचौं आदर्श जनप्रेमी माबि कौशलटार ले प्राप्त गरेका छन । त्यस्तै प्रोत्साहन पुरस्कार याता भजन खल झौखेलको हातमा परेको छ ।


समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले बिजयी खलहरूलाई नगर राशि सहीत ट्रोफि र प्रमाणपत्र प्रदान गर्नु भयो ।

ओस्ला द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठका अलावा मध्यपुर थिमि उपप्रमुख अन्जना देबी मधिकर्मी, वडा न ४ अध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठ, श्री गोपाल प्रजापति लगायत अन्य गन्यमान्य व्यक्तित्व हरुको उपस्थिति थियो ।

सोही अवशरमा बिस्काः जात्रा सम्बन्धि हाते पुष्टिका पनि सार्वजनिक गरिएको थियो भने गायिका कल्पना आवाजमा स्वरबद्ध मध्यपुर थिमि तजिलजी गीतको पनि सार्वजनिक गरीएको थियो ।


