उदयपुर जिल्लामा ७० बर्षका एक व्यक्तिले आफ्नी कान्छी श्रीमतीको हत्या गरेका छन भने हत्या पश्चात आफ्नै घाटी रेटी आत्म हत्याको प्रयाश समेत गरेका छन ।
लिम चुहाबुङ गाउँपालिका वडा न ५ का ७० बर्षिय सन्त बहादुर राईले ५६ बर्षिय कान्छी श्रीमती चुतुरमायाको हत्या गरेको प्रहरी नायब निरिक्षक बेद प्रसाद गौतमले जानकारी दिएका छन । घटना मंगलबार राती११ बजे घटेको जनाईएको छ । कान्छी श्रीमतीले आफुलाई छोडेर जाने डरले उनको हत्या गरेको बताईएको छ । कान्छी श्रीमतीले १ दिनको लागि कहिं गएको भएपनि श्रीमानले आफुलाई छोडेर गएको सम्झने गरेको बताईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Leave a Comment

