कार्तिक १२ फेसबुकले नाम परिवर्तन गरेको छ । परिवर्तित नाम भने मेरा रहेको छ ।नाम परिवर्तन गर्ने उद्देश्यले गरेको कनेक्ट इभेन्टमा फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गर्ननसकेको र यसले गर्दा परिवर्तन गर्नु परेको उल्लेख गरेको छ ।

नाम परिवर्तन भए पनि फेसबुक,इन्स्टाग्रामलगायतका नाम भने यथावत नै रहने जुकरबर्गले बताएका छन् । जुकरबरका अनुशार अनुसार फेसबुकले सामाजिक सञ्जालका अतिरिक्त अरु क्षेत्रमा पनि काम गर्ने महत्त्वाकांक्षका बीच यो नाम परिवर्तन गरेको र अहिले फेसबुक मेटाभर्समा आकर्षित भएको हुँदा नाम परिवर्तन गर्न आवश्यक रहेको बताईएको छ ।


