बेलायतमा एकै दिन ४९ हजार नया संक्रमित थपिएका छन । गत २४ घण्टा भित्र ४९ हजार १३९ जना नया संक्रमित थपिएका हुन । पछिल्लो ३ महिना भित्र बेलायतमा यति धेरै संक्रमित पहिलो पल्ट देखिएको बताईएको छ ।
अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।

महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । (एएफपी)


