काठमाडौँ – दक्षिण यसियाली मुलकहरु सहभागि भएको माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र भारतबीचको खेल आज राति पौने १० बजे सुरु हुने छ । सात पटकको साफ च्याम्पियन भारतविरुद्ध नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रही सुरुआती दुई खेलहरूजितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।
भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतविरुद्धको खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् । भारतसँग नहार्ने गरी खेल्ने उनको भनाइ छ ।


