असोज – १३ मध्यपुर थिमिको थिमि ब्याङक्वेटमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम बिधान महाधिवेसनमा प्रस्तुत हुने बिधान तथा प्रतिबेदन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम तथा बागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा बातावरण राज्य मन्त्री माननीय सरस्वती बाटी ज्युको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा अन्तरक्रिया कार्यक्रम भएको थियो भने दोस्रो चरणमा बधाई तथा शुभकामना कार्यक्रम भएको थियो ।

पहिलो चरणको अन्तरक्रिया कार्यक्रममा आगामि नेपाल कम्युनिष्ट पार्टीको अधिवेशन सम्बन्धमा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकाका अगुवा कार्यकर्ता प्रतिनिधि हरुले पार्टीको नेतृत्व तहमा प्रश्न, जिज्ञाशा र सुझाब प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्नु हुँदै भक्तपुर जिल्ला समन्वय समिति संयोजक नवराज गेलालले राज्य जुन ढंगले प्रशासनिक ईकाईमा पुगेको छ, पार्टीका सबै संरचनाहरु त्यही मुताबिक जानुपर्ने बताउनु भयो ।
बहुमत सिर्जना गर्दैमा मात्र पार्टीको लागि राम्रो नहुने उहाँको भनाई थियो । बिकाशको मामलामा चिनिया कम्युनिष्ट पार्टीको नक्कल गर्नुपर्ने उहाँको धारणा थियो । पार्टी कमिटी एकातिर, जनप्रतिनिधि अर्कोतिर, जनताको समस्या अर्कोतिर हुने हो भने जनता संग एकाकार हुन नसकिने बताउनु भयो ।

चांगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले कार्यकारी पदमा दुई कार्यकाल को मात्रै बिधानले प्रस्ताब गरेको कार्यकर्ता माझ प्रस्त पार्नुभयो । बिधानले समावेशी र समानुपातिक सहभागिताको पनि प्रश्न उठाएको उहाँले प्रस्ट पार्नुभयो।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले भक्तपुरमा पहिलो पटक कार्यकर्ता स्तरमा बिद्यान महाधिवेशनको बारेमा अन्तरक्रिया भईरहेको बताउनुहुदै आगामि नेतृत्व अधिवेसनमा सबै पदहरू निर्वाचित हुने कुरा कोशे ढुंगाको रूपमा रहेको बताउनु भयो। प्रमुख श्रेष्ठले बिधान अधिवेसन र नेतृत्व अधिवेसन छुट्टा छुटै रूपमा अगाडी बढ्न खाज्नु राम्रो रहेको र अरू पार्टीहरूले पनि चाँडै नै सिको गर्ने बताउनु भयो ।

मदन भन्डारी फाउन्डेसनका भक्तपुर जिल्ला अध्यक्ष एवम बागमती प्रदेश सदस्य शशि जंग थापाले १५,१६ र १७ गते हुन गईरहेको बिधान अधिवेसनलाई लक्षित गरी कार्यकर्ताको बिचमा अन्तरक्रिया गर्ने जर्मको आफुहरले गरेको बताउनु हुँदै कार्यक्रमले आगामि बिधान अधिवेशनमा भक्तपुरको धारणा निर्माण गर्ने बताउनुभयो । उहाले एमसिसी देशको लागि आवश्यक हो कि हैन भन्ने पार्टीको आधिकारिक धारणा आउनु पर्ने, पार्टी भित्र कायम गुट उपगुट भट्काएर जाने बिषयमा राजनितिक प्रतिबेदनमा उल्लेख भएर आउनुपर्ने बताउनु भयो । जनताको बहुदलीय जनबाद (जबज) हनुमान जन्माउने रामायण हुन नहुनेमा प्रस्ट पार्नु भयो ।

पार्टी जिल्ला कमिटी अध्यक्ष बच्चन देउजाले पार्टी अगुवा कार्यकर्ता हरुले राखेको सुझाब तथा जिज्ञाशा हरुलाई सम्बोधन गर्नुहुँदै बिधानलाई अक्षरस पालना गर्न निर्देशन पार्टीले दिएको खण्डमा आफु एक इन्च पनि तलमाथि हुन नदिने बताउनु भयो । बिधान अधिवेशन नेपालमा पहिलोपल्ट हुन गई रहेको बताउँदै अबको नेकपा ऐमाले पार्टी संगठन कसरी अगाडी बढ्छ भन्ने बिषयमा मार्गदर्शन गर्ने बताउनुभयो ।

दोस्रो चरणको कार्यक्रममा बागमती प्रदेशका सरकारका नवनियुक्त राज्यमन्त्री सरस्वती बाटीलाई राष्ट्रिय यूवा संघ नेपाल र अखिल नेपाल महिला संघले सम्मान गरेको छ । कार्यक्रममा बोल्नु हुँदै राज्यमन्त्री सरस्वती बाटीले बिधान सभाले सही निति कार्यक्रम र संरचनाको सम्बन्धमा ध्यान दिन जोड दिनुभयो ।


