भाद्र -१६ – मध्यपुर थिमि वडा न. ६ बहाखा बजार चोकमा अवस्थित प्रसिद्ध भिमसेन मन्दिर पुननिर्माण कार्य सम्पन्न भएको छ । उपभोक्ता समितिबाट शनिवार परेको साईतका अवशरमा मन्दिरमा गजुर प्रतिष्ठापन गरी निर्माण सम्पन्न गरीएको हो। मध्यपुर थिमि नगरपालिका बाट कुल साढे २६ लाख रुपैयाको रकम सहयोग बाहेक स्थानीय भक्तजनहरू बाट उठेको रकम बाट निर्माण सम्पन्न भएको हो। भक्तजनहरू बाट प्राप्त ८ देखि १० लाख चन्दाको रकम भने भिमसेन मन्दीर संरक्षण हेतु अक्षय कोष स्थापना गरी सदुपयोग गरीने बताइएको छ।

स्थानीय बासिन्दा तथा मन्दिरको पुस्तौ देखि रेखदेख गर्दै आएका स्थानीय पति श्रेष्ठ परिवारका बर्तमान पुस्ता कोमल कृष्ण श्रेठले कोभिड १९ का कारण अनौपचारिक कार्यक्रमका बिच गजुर प्रतिष्ठापन गरी निर्माण सम्पन्न गर्ने कार्यक्रम गरिएको बताउनु भएको छ। मन्दिरमा स्थापित शिलालेख अनुशार नेपाल संबत ८९० मा निर्माण गरिएको यो मन्दिर करिब २४० बर्ष पुरानो रहेको प्रमाण भेटिन्छ ।
परापूर्व कालमा मध्यपुर थिमिको यो ठाउँ हुँदै तिब्बतमा व्यापारी हरू व्यापार गर्न जाने क्रममा यहींको पाटीमा बास बस्ने गर्थे । नेवार व्यापारीहरू भिमसेनलाई ब्यापारको देवता मान्छन । दोलखाको भिमसेन मन्दीर सम्म गएर सधै दर्शन गर्न जान नसकिने भएकाले ती व्यापारीहरूले श्री दोलखा भिमसेन को आराधना गरी मूर्तिमा तान्त्रिक बिधि पूर्वक तानेर अहिलेको बाहखा बजारमा ल्याई स्थापना गरिएको भनिने कथित इतिहास छ।
मन्दिर स्थापना गर्न बिभिन्न जातका आठ तान्त्रिकहरूले आफ्नो तन्त्र बिद्या लगाई स्थापना गरिएको भन्ने गरिन्छ। तिब्बतमा गएर गरिने व्यापारमा लाभ होस भनि प्रार्थना पुजा गरी जाने उद्देश्यले स्थापित यस भिमसेन मन्दिर त्यो बेला मन्दिरको रुपमा नभई रुखको खोपिमा स्थापना गरिएको बताइन्छ। समय क्रम संगै त्यो रुख नास भई गएपछी स्थानीयले काँचो माटो र ईट्टाको देबल बनाई सयौ बर्ष पुजा गरे। पछी समयको परिर्वतन संगै पक्की ईट्टा र सिमेन्टको संरचना तयार भयो ।
२०७२ सालको प्रलयकारी महाभूकम्पले यो मन्दिरलाई जिर्ण बनाएसंगै यस्को पुननिर्माण मध्यपुर थिमि नगरपालिकाले रु २६ लाखको लागतमा उपभोका समिति मार्फत अहीले निर्माण सम्पन्न गरेको छ। हाल निर्माण सम्पन्न भएको मन्दिरमा भने सिमेन्ट र बालुवा प्रयोग नगरी पुरातत्व बिभागको मापदण्ड अनुरूप प्राचिन नेवारी बास्तुकलालाई प्रयोग गरी माप्यागोडा शैलि अपनाईएको छ ।

गत बर्ष एक समूहले सडक बिस्तारका नाममा मन्दिरलाई स्थानान्तरन गर्ने कोशिस गरेपनि तान्त्रिक विधिले मन्दिर स्थापना भएको ऐतिहासिक प्रमाण पश्चात भने मन्दिर सार्न खोज्नेहरू पछाडी हटेको उपभोक्ता समितिका गोपि थापा श्रेष्ठ बताउनुहुन्छ।

२०७५ – प् – १ गते वडा न ६ का वडा अध्यक्ष इन्द्र बहादुर प्रजापति को अध्यक्षतामा बसेको बैठकले गोपि थापा श्रेष्ठ कोअध्यक्षतामा गठीत उपभोक्ता समितिले अहीले यो मन्दिर निर्माण सम्पन्न गरेको हो।

मन्दिरको संरक्षण सम्वर्दनमा लाग्दै आउनु भएका स्थानीय कोमल पति श्रेष्ठका जिजुबुबा नारायण कृष्ण पति श्रेष्ठ, कृष्ण हरि पति श्रेष्ठ, जयदेव पति श्रेष्ठ , तेज कृष्ण पति श्रेष्ठ र हरि ओम कृष्ण पति श्रेठको पुस्ताले निरन्तर यस भिमसेन मन्दीरको संरक्षण र रेखदेख गर्दै आएको पति परिवारका बर्तमान पुस्ता कोमल कृष्ण पति श्रेष्ठले बताउनु भयो।
बिज्ञान श्रेष्ठ (९७४१७१६४६९) – मध्यपुर डायरी संबाददाता


